भारतको जीडीपी ७.२ प्रतिशत हुने प्रक्षेपण

काठमाडौँ- रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सन् २०२४-२५ मा भारतको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) वृद्धदर ७.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
ग्रामीण क्षेत्रहरूमा बढ्दो खपत र मागको पुनरुत्थानलाई उद्धृत गर्दै आरबीआईले जीडीपी वृद्धिदर ७ प्रतिशतबाट बढेर ७.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।
जुन ७ तारिखमा मौद्रिक नीति समितिको पत्रकार सम्मेलनका क्रममा आरबीआईका गभर्नर शक्तिकान्त दासले जीडीपी पहिलो त्रैमासमा ७.३ प्रतिशत, दोस्रोमा ७.२ प्रतिशत, तेस्रोमा ७.३ प्रतिशत तथा अन्तिम त्रैमासमा ७.२ प्रतिशत हुने अनुमान गरेका थिए ।
गभर्नर दासका अनुसार चालु आर्थिक वर्षको वृद्धि प्रक्षेपण मिल्न गएकोखण्डमा यो सात प्रतिशतभन्दा माथिको वृद्धिको लगातार चौथो वर्ष हुनेछ ।

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया