रियालिटी शो 'बिगबोस ओटीटी' को तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने

काठमाडौँ- भारतीय चर्चित रियालिटी शो 'बिगबोस ओटीटी' को तेस्रो सिजनको होस्ट अनिल कपुरले गर्ने भएका छन् ।
यसअघि सलमान खानले होस्ट गरेको 'बिगबोस ओटीटी' को यो सिजन उनले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने जानकारी दिइएको छ । जियो सिनेमाले बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने बताएको छ ।
यसअघि यस शो का लागि संजय दत्तले होस्ट गर्ने चर्चा चलेको थियो ।
बिग बोसको टेलिभिजनमा प्रशारण हुने शो को लोकप्रियतालाई ध्यान दिँदै यसअघि दुई सिजन ओटीटी संस्करण बनाइएको थियो । बिगबोस ओटीटीको पहिलो सिजना अभिनेत्री दिव्या अग्रवालले जितेकी थिइन् भने दोस्रो संस्करण युट्युबर एल्भिस यादवले जितेका थिए ।
यस सिजनमा नुपुर सेनन, तनुश्री दत्त, अनुषा डांडेकर, अहाना देओल, त्रिशाला दत्त, भाव्या गान्धी जस्ता सेलिब्रेटीले भाग लिने चर्चा रहेको छ । यस सिजनको बिगबोस ओटीटी जुन २१ देखि प्रशारण हुँदै छ ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_WPQSq9fQ4S_m2ppmqjil2vrzo2fzry4z5gxanoknphhrba0lzugidrr32buencajbtgdmtz.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया