'सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी' कार्यक्रमको शुभारम्भ

काठमाडौँ- ललितपुर महानगरपालिकाले सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन कार्यक्रमको शुभारम्भ गरेको छ ।
जनताका समस्या प्रत्यक्ष रूपमा तत्कालै सम्बोधन गर्न उक्त कार्यक्रमको शुभारम्भ गरेको महानगरले जनाएको छ । नगर प्रहरी परिचालन कार्यक्रमको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभारम्भ गरे । उनले जनताका भोग्नुपर्ने समस्याहरू सुनुवाइ गर्न सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन सञ्चालन गरिएको बताए ।
सो कार्यक्रमले स्थानीय सरकारको महसुस जनताले प्रत्यक्ष रूपमा गर्न सक्ने उनको विश्वास छ । त्यस्तै उनले महानगरलाई वातावरणमैत्री बनाउन विभिन्न स्थानमा वृक्षरोपण अभियान सञ्चालन गरिएको जानकारी दिए ।
महर्जनले महानगरको वृक्षरोपण अभियान अन्तर्गत रोकिएका बिरुवाहरूलाई क्षति पुर्याउनेलाई कारबाही गरिएको बताए ।

दही र महीको माग बढ्दै

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

प्रतिक्रिया