ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा.लि.बीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रा.लि.का तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुजकुमार गोयलले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारीअनुसार बैंकले त्रिवेणी मोटोकर्प प्रा.लि. तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ ब्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्नेछ । बैंकले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न विद्युतीय सवारी साधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । त्यसैगरी, बैंकले व्यक्तिगत रूपमा ‘अटो लोन’ तथा व्यावसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेको छ । ग्राहक वर्गको सुविधालाई
मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

इन्डोनेसियाको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

कुमारी बैंक र भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता

एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो हस्पिटलमा १० प्रतिशत छुट

नेपाल–डेन्मार्क सम्बन्ध विस्तारबारे सीएनआईका प्रतिनिधि र राजदूत तुलाधरबीच भेटव…
एनआईसी बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया