टी-२० विश्वकपमा युगाण्डाको पहिलो जित

काठमाडौँ- युगाण्डाले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ ।
बिहीबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा युगाण्डाले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो ।
पिएनजीले दिएको केवल ७८ रनको लक्ष्य पछ्याएको युगाण्डाले १८.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले १९.१ ओभरमा अल आउट हुँदै ७७ रन मात्र बनाएको थियो ।
समुह सी मा रहेको युगाण्डाको यो दोस्रो खेलमा पहिलो जित हो । यो जितसँगै युगाण्डाले २ महत्वपूर्ण अंक हासिल गरेको छ ।
त्यस्तै पिएनजीले भने लगातार दोस्रो हार बेहोरेको छ ।
अब युगाण्डाले अर्को खेल जुन ९ मा वेस्ट इन्डिजसँग खेल्ने छ । त्यस्तै पिएनजीले अर्को खेल जुन १४ मा अफगानिस्तानसँग खेल्ने छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया