राप्रपाले संसद्मा अर्थमन्त्री खोजेपछि...

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने भन्दै प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक आज १५ मिनेट स्थगन भयो ।
बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्रीको उपस्थितिबिना आफू नबोल्ने भनेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गरे ।
सभामुखसँग समय लिएर राप्रपाका सांसद ज्ञानबहादुर शाहीले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै आगामी बैठकमा उनको उपस्थिति अनिवार्य हुनुपर्नेमा जोड दिए । सभामुखले अर्थमन्त्री बजेटबारे जवाफ दिन राष्ट्रियसभा गएको जानकारी दिए पनि राप्रपाका सांसदले आसनबाट उठेर विरोध जनाए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया