बरालिएको बजेटलाई यस वर्ष ट्रयाकमा ल्याउने काम भयो : स्वर्णिम वाग्ले

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बरालिएको बजेटलाई यस वर्ष ट्रयाकमा ल्याउने काम भएको बताएका छन् ।
संसदमा बजेटमाथिको छलफलका क्रममा सांसद वाग्लेले बजेटले मुलुकको आर्थिक सुधारका आयामहरू खोलेको र यसअघि बरालिएको बजेटलाई यस वर्ष ट्रयाकमा ल्याउने काम भएको भन्दै अर्थमन्त्रीलाई शुभकामना दिए ।
आर्थिक सुधारको नयाँ घोषणालाई कार्यान्वयन गर्न नयाँ ढंगले बजेट कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । सांसद वाग्लेले हरेक वर्ष बजेट बढाउँदै लैजाने र मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्न उठ्ने गरेकाले यसमा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
उनले बजेटको आकार केही बढेको देखिए पनि जिडिपीको अनुपातमा यस वर्षको बजेट घटेर आएको बताए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया