निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं - चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई मालिगाउँ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त, बौद्धमा मुद्दा चलेकाले थापालाई उतै पठाइएको मालिगाउँ प्रहरीले जनाएको छ । उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् ।
आपराधिक लाभ तथा विश्वासघातको कसुरमा जाहेरी परेपछि थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 'प्रसाद-२' का निर्माता सुदर्शन बस्नेतको जाहेरीमा निर्देशक थापालाई प्रहरीले पक्राउ गरेको हो ।
आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया