मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सुन तोलामा एक हजारले घट्यो

फाइल फोटो

काठमाडौँ - सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार रूपैयाँले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ४१ हजारका कारोबार भइरहेको छ ।

तेजावी सुन तोलाको एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन एक लाख ४२ हजार र तेजावी सुन एक लाख ४१ हजार ३०० मा कारोबार भएको थियो । 

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज एक हजार ८३५ मा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी एक हजार ८५० मा कारोबार भएको थियो ।