टी-ट्वान्टी विश्वकप भोलिबाट सुरु हुँदै, पहिलो दिन दुई खेल

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप भोलिदेखि वेस्ट इन्डिज र अमेरिकामा संयुक्तरुपमा आयोजना हुँदैछ ।
विश्वकपको पहिलो दिन दुई खेल हुने तालिका रहेको छ । पहिलो दिनको पहिलो खेलमा सह-आयोजक अमेरिकाले क्यानाडाको सामना गर्ने तालिका रहेको छ ।
समूह 'ए' मा रहेका अमेरिका र क्यानाडाबीचको खेल डल्लासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ६:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
भोलि नै समूह 'सी' मा रहेका वेस्ट इन्डिज र पपुवा न्यूगिनी (पीएनजी) बीचको खेल हुने तालिका रहेको छ ।
वेस्ट इन्डिज र पीएनजीबीचको खेल गुयाना नेसनल स्टेडियममा नेपाली समयअनुसार राति ८:१५ बजेबाट सुरु हुने तय भएको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया