डेनमार्क र आयरल्याण्डद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ : युरोपेली युनियन अन्तर्गतका मुलुक आयरल्याण्ड र डेनमार्कले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालस्थित इयूकी राजदूत नोना डेप्रेजले उक्त सामग्री स्वास्थ तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेकी हुन् ।
आयरल्याण्डद्वारा अक्सिजन कन्सर्नट्रेटर ७२, ब्याप मेसिन १२, भेन्टिलेटरर ४४, प्लस अक्सिमिटर ४००, रेष्पिरेटर मोनिटर ५०, डेफिब्रिलेटरस ५०, थर्मोमिटर १००, अक्सिन रेगुलेटर ७२८, एयर रेगुलेटर ३९८, प्रोटेक्टिभ कोभरल्स ९९,७५०, फेस सिल्ड २,०१,६०० र सर्जिकल मास्क १०,०८,००० सहयोग प्राप्त भएको छ ।
त्यसैगरी डेनमार्कद्वारा भेन्टिलेटर २६, नासल अक्सिजन क्यानल्स ५०, भाइजर ९६०००, आइसोलेसन ग्राउन ९६००० र एफएफपी टु मास्क ९६०० सहयोग प्राप्त भएको छ ।
स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले कोभिड नियन्त्रका लागि मित्र राष्ट्रहरूले सहयोग गरेका स्वास्थ्य सामग्रीले कोभिडविरूद्ध लड्नका लागि सहयोग गर्ने बताए । गम्भीर अवस्थाका संक्रमितलाई आइसीयू र भेन्टिलेटर चाहिने भएकाले यस्ता सामग्रीको ठूलो योगदान हुने उनको भनाइ छ ।
इयूकी राजदूत डेप्रेजले कोभिडविरुद्ध लड्नका लागि स्वास्थ्य सामग्री सहयोग गरेकी बताइन् । युरोपेली मुलुक नेपालको साथमा सधै रहने उनको भनाइ छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया