शारीरिक सम्पर्क गरी भिडियो र फोटो खिची 'ब्ल्याकमेलिङ' गर्ने युवक पक्राउ

काठमाडौँ- सामाजिक सञ्जालमार्फत महिलाहरूसँग नजिकिएर शारीरिक सम्बन्ध राख्ने र त्यसपछि भिडियो र फोटो खिचेर ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका-५ घर भई काठमाडौँको नयाँ बसपार्क बस्दै आएका ३० वर्षीय सन्तोष किसान रहेका छन् ।
‘पक्राउ परेका किसान सुरुमा सामाजिक सञ्जालमार्फत महिलाहरूसँग सम्पर्क गरेर सम्बन्ध स्थापित गर्ने रहेछन्, त्यसपछि भेटघाट गरी विभिन्न प्रलोभन देखाई शारीरिक सम्बन्ध राख्ने गर्दा रहेछन्, त्यसपछि गोप्य रुपमा शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिच्ने र ती फोटो र भिडियो पीडित महिलाको आफन्तहरूलाई पठाइदिन्छु भन्दै धम्की दिएर पैसा माग्ने र महिलालाई पुनः शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य पार्ने रहेछन्,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भने ।
उपरीक्षक रेग्मीका अनुसार आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको उजुरीका आधारमा गत जेठ १४ गते काठमाडौँको कोटेश्वरबाट पक्राउ गरिएको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पक्राउ

प्रतिक्रिया