विश्वकपको 'वार्मअप' खेलमा नामिबियामाथि अस्ट्रेलियाको जित

काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपअघिको 'वार्मअप' खेलमा अस्ट्रेलियाले नामिबियामाथि जित हात पारेको छ ।
वेस्ट इन्डिजमा मंगलबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।
जितका लागि १ सय २० रनको लक्ष्य अस्ट्रेलियाले १० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा डेभिड वार्नरले ५४ रन तथा टिम डेभिडले २३ रन जोडे ।
नामिबियाका लागि बर्नार्ड स्कोल्जले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । नामिबियाका लागि जाने ग्रिनले सर्वाधिक ३८ रन बनाए ।
अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ विकेट तथा जोश ह्याजलउडले २ विकेट हात पारे ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया