बाढीमा फसेका ८ बालबालिकाको सशस्त्र प्रहरीद्वारा उद्वार

काठमाडौँ : कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका १ स्थित मध्यनगरमा अविरल वर्षाको कारण डुबानमा परेकालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । अरुवा खोलामा पानीको बहाव बढ्न गई खोलाको बीच भागमा अलपत्र परेका ८ जना बालबालिकाहरुको सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको हो ।
गाईवस्तु चराउन गएका उनीहरु उक्त खोलको बीच भागमा अलपत्र परेका थिए । लगत्तै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जवावैराथबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सकुशल उद्वार गरेको हो ।
यसैगरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ स्थित थारु टोलमा अविरल वर्षाको कारण नारायणी नदिको बहाव बढ्न गई डुवानमा परेका २४ वटा घरबाट खाद्यान्न तथा अन्य सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया