ढाकाको 'ब्रिफकेस'मा बजेट : अर्थमन्त्री पुनले स्वदेशी उत्पादनको प्रवर्द्धनबारे दिन खोजेको सन्देश

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो ।
हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुने मन्त्रिपरिषद् बैठकमा सहभागी छन् । ३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ ।
नेपाली ढाकाबाट बनेको ब्रिफकेस प्रयोग गरेर अर्थमन्त्री पुनले स्वदेशी उत्पादनको प्रवर्द्धनको सन्देश दिन खोजेका छन् ।
यो पटकसँगै पुन दुई पटक अर्थमन्त्री बने पनि उनले ल्याउन लागेको यो पहिलो बजेट हो । यसअघि अर्थमन्त्री हुँदा उनले बजेट ल्याउन पाएका थिएनन् ।

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
काठमाडौँमा सुनचाँदी व्यवसायीहरूको आज पनि प्रदर्शन

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

प्रतिक्रिया