आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

आईपीएलः १० मैदानका ग्राउन्ड्समेन र क्यूरेटर्सले जनही २५ लाख भारु पाउने

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत नियमित खेल भएका १० मैदानका ग्राउन्ड्समेन र क्यूरेटर्सले जनही २५ लाख भारतीय रुपैयाँ पाउने भएको छ ।

बीसीसीआईका सचिव जय शाहले सोमबार आईपीएलअन्तर्गत नियमित खेल भएका १० मैदानका  ग्राउन्ड्समेन र क्यूरेटर्सले जनही २५ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका आईएएनएसले जनाएको हो ।

त्यसैगरी, थप खेल भएका तीन मैदानका ग्राउन्ड्समेन र क्यूरेटर्सलाई जनही १० लाख दिइने शाहले बताएका छन् ।

आइतबार राति सम्पन्न १७ औँ संस्करणको आईपीएलको उपाधि कलकता नाइट राइडर्सले जितेको थियो ।