शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

बुटवल-पाल्पा सडक एकतर्फी सञ्चालनमा

रुपन्देही : पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको छ । निरन्तरको वर्षापछि खसेको पहिरोले पाल्पाको गौडेपुल नजिकै तीनदिनदेखि अवरुद्ध सडक आज दिउँसोदेखि सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि सडक अवरुद्ध भएको थियो । उक्त सडकको विकल्पमा डाइभर्सन राखेर सडक सञ्चालन गरिएको प्रहरी जवान हरीशकुमार पाण्डेले जानकारी दिए । सडक एकतर्फी खुलेपछि रोकिएका यात्रु तथा सवारीसाधनलाई पालैपालो गन्तव्यतर्फ पठाइएको छ ।  बुटवल नारायणगढ सडकखण्ड भने अझै खुलेको छैन । रासस