बजेट निर्माणको काम अन्तिम चरणमा : अर्थमन्त्री पुन

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पुनले योजना आयोगले तोकेको १८ खर्बको सिलिङभित्र नै बजेट निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका हुन् । कुनै मन्त्रालयले दबाब दिएको वा हस्तक्षेप गरेको विषयमा सत्यता नभएको उनले जिकिर गरे ।
त्यस्तै मन्त्री पुनले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसदबाटै शान्तिपूर्ण रूपमा बजेट प्रस्तुत गर्ने तयारी भएको भन्दै प्रतिपक्षी दलले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले प्रतिपक्षी दलले उठाएका मागलाई सम्बोधन गर्ने गरी सरकारले छलफल अघि बढाइसकेको अवस्थामा आन्दोलनलाई निरन्तरता दिनु जायज नभएको बताए ।
मन्त्री पुनले संसदमा निरन्तर अवरोध गर्नु लोकतन्त्रका लागि शोभनीय विषय नभएको प्रतिक्रिया दिए ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया