शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

बबई नदीले जलसतह सतर्कता तह नाघ्यो, बाढीको चेतावनी

काठमाडौँ : बबई नदीले बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पारेको छ । यसले बाढी जोखिम बढेको देखिएको जल मौसम कार्यालय कोहलपुरले सतर्कता अपनाउन भनेको छ । 

बर्दियाको बाढीमापन केन्द्रले जलसतह सतर्कता तह पारेको र बढ्दो रहेको जानकारी दिएको छ । तत्काल ठूलो खतरा नदेखिए पनि बबई तटीय क्षेत्रमा हुनेहरूले रातिसम्मै सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।