आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौँ- राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारबाही अवरोध गर्ने अडान लिँदै आएको छ ।

कांग्रेसले अवरोध जारी राखेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ १३ गते बिहान ११: ३० बजेसम्मको लागि स्थगित गरेका छन् ।