क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पठाउन क्यानको दौडधुप

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले पहल थालेको छ । क्यानका सचिव पारस खड्का लगायतले भिसा प्रक्रियाका लागि आज खेलकुदमन्त्री देखि प्रधानमन्त्री कार्यालयसम्म दौडधूप गरेका छन् ।
उनले आज खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर भिसा प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
शाहीले लेखेका छन्, 'बिहानै देखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय ,गृहमन्त्री र खेलकुद मन्त्री ज्यु सँग पहल गरेका छौ ! आशा छ विश्वकप खेल्ने बाटो खुल्ने छ रु नेपाली चन्द्र सूर्य झण्डा फरफराउने छ !'
आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप खेल्न नेपाली टोली अमेरिका पुगिसकेको छ ।
उच्च अदालत पाटनबाट बलात्कार गरेको आरोपमा लामिछानेले सफाइ पाएपछि क्यानले लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउन लागेको हो । तर अमेरिकाले भने लामिछानेलाई भिसा दिएकाे छैन ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया