मिडियालाई तर्साउने उद्देश्यले सिरोहियालाई पक्राउ गर्नु खेदजनक : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति व्यक्त गरेका छन् । सभापति देउवाले अध्यक्ष सिरोहिया पक्राउ परेपछि ट्वीट गर्दै आपत्ति जनाएका हुन् ।
'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो' देउवाले ट्वीट गरेका छन् 'मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ ।'
यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सामाजिक सञ्जाल एक्समार्फत कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरेर सरकारले गल्ती गरेको उल्लेख गरेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् । 'कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरूपण हुने नै छ । तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ', अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
यसैगरी नेपाल पत्रकार महासङ्घलगायत विभिन्न संघ संस्था, व्यक्तिलगायतले पनि अध्यक्ष सिरोहियाको गिरफतारीप्रति विरोध जनाएका छन् ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उदेश्य सहितको गठवन्धन सरकारको यो निर्णय खेदजनक छ।
— Sher Bahadur Deuba (@SherBDeuba) May 21, 2024

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया