सफाइ पाएपछि सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै तवरबाट फसाइएको बताएका छन्। उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताए।
'सुरुदेखि म निर्दोष छु भनिरहेँ। साढे १ वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो। अपराधी करार गरिएको थियो। अन्त्यमा यहाँसम्म आइपुगेको छु,' उनले भने।
उनले यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई पनि सम्मान गरेको र उच्च अदालत पाटनको फैसलालाई पनि सम्मान गर्ने बताए।

यी हुन सबैभन्दा लामो समयसम्म कप्तानी गर्ने क्रिकेटर

मेलबर्न स्टार्ससँग पनि नेपाल निरिह, लगातार तेस्रो हार

मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य

बंगलादेश 'ए'ले नेपाललाई जितका लागि दियो १८४ रनको लक्ष्य

टप एण्ड टी-२० सिरिज : नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

प्रतिक्रिया