सेयर बजार ९.५४ ले घट्यो

काठमाडौँ - सेयर बजार ओरालो लागेको छ । साताको चौथो दिन सेयर बजार ९.५४ ले घटेर २०१७.९७मा रोकिएको छ । ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ १७ पैसाको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । मन्डु हाइड्रोपावरको सेयर ६.०३, बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर ५.६९ र सुपर माइ हाइड्रोपावरको सेयर ४.४० प्रतिशतले बढेको छ ।
यस्तै आज सबैभन्दा बढी सेयर घट्नेमा गुराँस लघुवित्त वित्तीय संस्था रहेको छ । गुराँसको सेयर १० प्रतिशतले घटेको छ । यस्तै ओरियन्टल हाउस लिमिटेडको सेयर ५.५८, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर ४.०३, सानीमा मिडल तमोर हाइड्रोपावरको लिमिटेडको सेयर ३.९१ र गरिमा डिभेन्चर २०८५ को सेयर ३.८५ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया