सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै नेविसंघको प्रदर्शन
काठमाडौं - सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
सहकारी ठगि प्रकरणमा गृहमन्त्रीको पनि संलग्नता रहको प्रमाण रहेकाले संसदीय समिति बनाएर नै छानबिन गर्नुपर्ने भन्दै उनीहरुले बुधबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले राज्यको मिलोमतोमा गृहमन्त्रीलाई जोगाउन खोजेको आरोप समेत लगाएका छन् । प्रदर्शनमा सहभागीहरूले रवि दाई खै जिवि राई, सहकारी ठगि को प्रमाण यहाँ छ, सहकारी पीडितलाई न्याय दे लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नेविसंघ केन्द्रीय सदस्य धर्मराज खनालले सहकारी प्रकरणमा अर्वौ रकम हिनामिना भएको र त्यसमा गृहमन्त्रीको संलग्नता देखिएकाले छानबिनका लागि दवाव दिन प्रदर्शन गरिएको बताए ।
त्यस्तै नेविसंघले गिरीबन्धु चिया बगानको जग्गाको पनि छानबिन गर्न माग गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया