बुढी गण्डकी उर्लिँदा : उत्तरी गोरखामा चार घर बग्यो

काठमाडौँ : लगातारको झरीसँगै बुढी गण्डकी नदीमा आएको बाढीको कारण उत्तरी गोरखामा चार घर बगाएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका ३ सल्लेरीमा ४ घर बगाएको, ७ घर र नेपाली सेनाको निर्माण कार्यदलको बेसक्याम्प उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जोखिममा रहेका र विस्थापित स्थानीयलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ । त्यस्तै सल्लेरीकै बुद्धि गुरुङको एउटा बंगुर र हिमचुली कृषि समूहको जस्तापाता पनि बुढी गण्डकी नदीले बगाएको प्रहरीे जनाएको छ । लार्के सडक निर्माणमा जुटेको नेपाली सेनाको क्याम्प नै जोखिममा परेपछि उनीहरु अहिले वडा अध्यक्ष रामबहादुर गुरुङ घरमा बसेका छन् ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया