निषेधाज्ञा अवधिमा १ हजार ४७३ विदेशीले लिए भिसा, सबैभन्दा बढी चिनियाँ
'एक महिना अन-अराइभल भिसा निःशुल्क गरे राजश्व घट्छ'

काठमाडौँ : निषेधाज्ञा अवधिमा करिब २ महिनामा १४७३ विदेशी नागरिकले भिसा थपेका छन् । अध्यागमन विभागकाअनुसार निषेधाज्ञाका कारण भिसा थप्ने विदेशीको संख्यामा कमी भएको हो ।
केही साताअघि दैनिक चारदेखि पाँच जना भिसाका लागि आउने गरेका थिए । बुधबार भने अन्य दिनभन्दा भिसा थप गर्न आउने विदेशीको भिड लागेको विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनकाअनुसार टुरिस्ट भिसामा ७९३, व्यापारिक भिसामा १७,बिज्नेस डिपेन्डेड १२, स्टडी डिपेन्डेड ३३, स्टडी २३, रिलेसनमा १०१, म्यारिजमा २४, वर्किङ ३९९, वर्किङ डिपेन्डेड २८, एनआरएन १८, गैर टुरिष्ट २३ अफिसियल डिपेन्डेडमा २ जनाले भिसा लिएको अध्यागमन विभागले जनाएको छ ।
भिसा नवीकरण गर्न चीनका नागरिक सबैभन्दा बढी आउने गरेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया र ब्राजिल लगायत अन्य मुलुकका विदेशी नागरिकहरू आइरहेको उनले बताए । निषेधाज्ञा अवधिमा नेपाल आइ बसेका विदेशी नागरिको भिसाको समय सकिएको छ भने त्यस्ता नागरिकलाई विलम्ब शुल्क नलिने महानिर्देशक भट्टराईले जानकारी दिए । 'निषेधाज्ञाको अवधिसम्म भिसाको समय हुनुपर्नेछ,' उनले भने,' टाढा-टाढा भएका मानिसहरूले भिसा थप्न नसक्ने भएकाले केही सुविधा दिएको छौ ।'
निषेधाज्ञा खुलेको र नियमित अन्तर्राष्ट्रिय उडान भएको एक सातामा विदेशी आएमा जरिवाना शुल्क नलाग्ने भट्टाइले बताए । उनका अनुसार निषेधाज्ञामा कुनै पनि विदेशीलाई नेपाल सरकारले अप्ठयारो पार्दैन । पर्यटकलाई भिसाको विषयलाई लिएर असहज अवस्था सिर्जना नगरिने भट्टराइको भनाइ छ ।
सरकारले आगामी आर्थिक वर्षदेखि एक महिनाका लागि अन-अराइभल भिसा दिने निर्णय गरको छ । पर्यटकका लागि एक महिनासम्म निशुल्कः भिसा कतिको सम्भव छ भन्ने प्रश्नमा महानिर्देशक भट्टराई भन्छन, 'सरकारले गरेको निर्णय हामीले कार्यान्वय गर्ने हो । निशुल्क र स:शुल्क गरे पनि हामीले पर्यटकलाई सुविधा दिने हो । सरकारको राजश्व घट्छ त्यति मात्र फरक हो ।'
'भिसाका बारेमा बुझ्न दैनिक दश जनाले फोन गर्छन्'
विभागले उपत्यका बाहिर दश ठाउँबाट भिसासम्बन्धी काम गर्ने गरेको छ । अध्यागमन कार्यालय पोखरा, अध्यागमन कार्यालय काकडभिट्टा, वीरगञ्ज, कोदारी, बेलहिया, जमुनाहा, मोहना, गड्डाचौकी, रसुवागढी र विराटनगरमा रहेको छ ।
काठमाडौं उपत्यका बाहिरबाट पनि भिसा नवीकरण गर्ने व्यवस्था गरिरहेको छ । पारिवारिक र नाता प्रमाणित जस्तो भिसाको लागि पोखरा अध्यागमन कार्यालयबाट भिसा थप्ने कार्य भइरहेको छ । 'उपत्यका बाहिर रहेका विदेशी नागरिकलाई लक्षित पोखराबाट भिसा सेवा सुविधा दिएका छौ ,' उनले भने ।
अध्यागमन कार्यालय काकडभिट्टा वरिष्ठ अध्यागमन सहायक माधव पौडेलका अनुसार निषेधाज्ञा जारी भएपछि करिब १० जनाले भिसा नवीकरण गरेका छन् । धेरै मानिसले भिसाको बारेमा के कस्तो अवस्था छ भनेर बुझ्न फोन गरिरहेको उनले जानकारी दिए ।
निषेधाज्ञा खुलेको सात दिनमा भिसा नवीकरण गर्न आएमा जरिवाना नलाग्ने पौडेलको भनाइ छ । 'नयाँ भिसाका लागि कोही पनि आएका छैनन्,' उनले भने,' इलाम , सुनसरीलगायत पूर्वका सबै जिल्लाका मानिसहरूले सोधिरहेका छन् ।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया