२८ अंकले बढ्यो सेयर बजार

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २८ अंकले बढेको छ । आजको कारोबारमा बजार परिसूचक २८.६२ अंक बढ्दा समग्र बजार परिसूचक बिन्दु २०२७.५१ मा उक्लिएको छ । आज २१९ कम्पनीको सेयर मूल्य बढ्यो भने २२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ३२० कम्पनीको सेयर कारोबार हुँदा ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा बढी बढेको छ । समाजको सेयर १० प्रतिशतले बढेको छ । यस्तै उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पनि सेयर १० प्रतिशतले नै बढेको छ ।
यस्तै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९९ र मानुषी लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशतले सेयर बढेको छ ।
आज हिमालयन उर्जा विकास कम्पनीको सेयर सबैभन्दा धेरै घटेको छ । हिमालयनको सेयर ४.६४ प्रतिशतले घटेको हो ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया