मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

फाइल तस्बिर

काठमाडौँ - सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७०० ले घटेको हो । 

आज छापावाल सुन तोलाको १ लाख ३७ हजार ४०० मा कारोबार भइरहेको  छ । तेजावी सुन तोलामा १ लाख ३६ हजार ७५० मा कारोबार भएको छ । 

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । 

यता, चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलाको १ हजार ७४० मा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको १ हजार ७१५ मा कारोबार भएको थियो ।