झापामा सम्बन्धविच्छेद गर्ने बढे, १० महिनामा ९५४ मुद्दा दर्ता

भद्रपुर (झापा)- गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका नौ सय ५४ मुद्दा दर्ता भएका छन् ।
चालु आवमा हालसम्म दर्ता भएका तीन हजार पाँच सय ५६ मध्ये २६ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेको झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताए । लागुऔषध, अंश, जबर्जस्ती करणीलगायत मुद्दा पनि बढिरहेका छन् ।
श्रेस्तेदार सिंहका अनुसार गत वर्षसहित पछिल्ला १० महिनामा दुई हजार सात सय ८५ वटा मुद्दाको फैसला भएको छ । तीन हजार पाँच सय ५७ मुद्दा विचाराधीन छन् । जिल्ला अदालतमा दरबन्दीअनुसार न्यायाधीश नहुँदा मुद्दाको चाप बढेको छ । आठ जना न्यायाधीशको दरबन्दी रहेकामा ६ जना मात्र सेवारत छन् । रासस

झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा
भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै
_ijHP2mCbKs_dsczkldcb6zysu1nod5vcn36czctxsalyrbkaem3npizrhgjrcsknw0i1ume_g8IbfXnU31_ubgnsuhokdorgupicl9pwcb9laxnvor93u5emzh7oljehsl0gkpnc6pzb9nc.jpg)
सूचना नपाएको सूचना अधिकारीको गुनासो

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

त्रियुगामा माछा मार्न गएका एकजना बेपत्ता

झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लार्भा नष्ट गर्ने अभियान सुरु

प्रतिक्रिया