मनाङमा बाढी पहिरो : गाउँपालिकाको कार्यालय, प्रहरी चौकी, बैंक सबै बगायो

काठमाडौँ : निरन्तरको वर्षापछि उर्लिएको मस्र्याङ्दी नदीले मनाङको नासो गाउँपालिकाको कार्यालय नै बगाएको छ । नासोँ गाउँपालिका–३ धारापानीमा मस्र्याङदी नदीले गाउँपालिकाको कार्यालय, प्रहरी चौकी, प्रभु बैंकको कार्यालय, प्राइम बैंको कार्यालय, केही घर र होटलहरु बगाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार धारापानी क्षेत्रमा २ वटा झोलुंगे पुलसमेत बगाएको छ ।
‘धारापानी क्षेत्रमा गाउँपालिकाको कार्यालय, बैंक, प्रहरी चौकी, केही घर, २ वटा झोलुंगे पुल बगाएको छ,’ लामिछानेले इकागजसँग भने, ‘विपद्को बेला पनि खुसीको कुरा भन्नुपर्दा अहिलेसम्म मानवीय क्षति हुन पाएको छैन । चार दिनपछि आज २ घण्टा पानी रोकिएको थियो । अहिले फेरि पानी आउन थालिसकेको छ ।’
प्रजिअ लामिछानेका अनुसार ताल गाउँका करिब ५० घर डुबानमा परेका छन् । मनाङमा अहिले एक गाउँबाट अर्काे गाउँमा जान सक्ने अवस्था छैन । सदरमुकाम चामेमा विस्थापित भएकाहरुलाई जिल्ला कारागारको नयाँ भवनमा राखिएको छ । बाढीले स्थानीय जलविद्युत आयोजनाको पाइप बगाएकोले मनाङ विद्युत विहीन बनेको लामिछानले जानकारी दिए ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया