राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी

काठमाडौँ - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४२ रनको लक्ष्य पछाएको चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
यो जितपछि चेन्नईको १३ खेलमा १४ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईले अब अन्तिम खेल रोयल च्यालेन्जर्स बैंगलोरसँग आगामी शनिबार खेल्ने छ ।
त्यसैगरी राजस्थान रोयल्सको भने १२ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया