अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्दा

काठमाडौँ - पुष्पा फेम दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा परेका छन् ।
आफ्नो घनिष्ठ मित्र र वाईएसआरसीपी विधायक रवि चन्द्र किशोर रेड्डीको लागि प्रचार गर्न नन्दयाल पुगेपछि फ्यानहरुको ठूलो भीड जम्मा भएपछि उनीमाथि प्रहरीले मुद्दा दायर गरेको छ ।
मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनविरुद्ध आईपीसीको धारा १८८ अन्तर्गत मुद्दा दर्ता गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
अल्लु अर्जुनलाई हेर्न रविचन्द्रको घरमा ठूलो संख्यामा फ्यान र समर्थकको भिड लागेको र यसले ठूलो शान्ति व्यवस्था र ट्राफिक समस्या सिर्जना गर्दा सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार अभिनेता अल्लु अर्जुन र रविचन्द्र किशोर रेड्डीको टोलीले कुनै अनुमति नलिएर सभा गरेको बताइएको छ । त्यसैले अल्लु अर्जुन र रविचन्द्र रेड्डी विरुद्ध आईपीसीको धारा १८८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार ठूलो भीडका कारण मामिला नियन्त्रणमा आउन नसकेकाले मुद्दा दर्ता गरिएको हो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया