राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : प्रवक्ता सापकोटा

मलेखु (धादिङ)- नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताएका छन् । अहिलेको संसद्ले जनतालाई आशावादी बनाउन नसकेको र अराजकताको अवस्थामा देश पुगेकाले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उनले उल्लेख गरे ।
प्रेस सेन्टर नेपाल धादिङले आज धादिङबेंसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले संसद्लाई सहमतिपूर्वक सञ्चालन गरेर संसद्लाई जिवन्त, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिए ।
'राष्ट्रिय सहमतिमा जति ढिला गर्यो देशको अस्तित्वमाथि प्रश्न चिन्ह खडा हुन्छ । सहमति, सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्छ', उनले भने । प्रवक्ता सापकोटाले आगामी बजेटले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नवप्रवर्द्धनमा जोड दिने खालको बजेट ल्याउनुपर्ने विचार व्यक्त गरे ।
सबैका लागि समृद्धि हुने नीति, कार्यक्रम र बजेट सरकारले ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउन आवश्यक भएको उनले उल्लेख गरे ।

सुशासन कायम गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता

कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

मधेस बालिका सम्मेलन–२०८२ सुरु

‘कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ’

काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु

जै घाँस लगाउने किसानलाई प्रोत्साहन

किर्ते जालसाजी मुद्दामा नवराजपुरका पूर्व वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

प्रतिक्रिया