‘लाज शरणम्’ चलचित्र महाशिवरात्रीका दिन प्रदर्शनमा आउने निर्माण टिमकाे दाबी

काठमाडौँ - टेलिचलचित्र ‘सक्किगोनी’ टीमको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘लाज शरणम्’ को प्रदर्शन मिति तय भएको छ । नेपालको काठमाडौँ र डोल्पा क्षेत्रमामा छायाँकन गरिने उक्त चलचित्र २०८१ फाल्गुण १४ गते महाशिवरात्रीका दिन देशभर प्रदर्शनमा आउने निर्माण कम्पनी जिग्री-पाँडे टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलले जानकारी दिए।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'चलचित्र ‘लाज शरणम्’ को प्रदर्शन मिति सार्वजनिक गर्न पाउँदा दर्शकहरुसँगको सामीप्यता अझ प्रगाढ भएको महसुस भएको छ ।'
फाल्गुण १४ मा रिलिज हुने यो चलचित्रमा सामाजिक तथा कमेडी शैलीमा निर्माण गरिएको कट्टेलले बताए । जिग्री-पाँडे अभिनयमा यी दुवै कलाकार उम्दा मानिन्छन् ।कट्टेलका अनुसार टेलिचलचित्रमा ‘सक्किगोनी’ का कलाकार तथा बाहिरी कलाकारहरुको पनि अभिनय छ । निर्देशक तथा कलाकारहरुको नाम पनि छिट्टै सार्वजनिक गर्ने उनले बताए ।
फिल्म ‘लाज शरणम्’को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका सार्वजनिक गरिएको दुई पोस्टरमध्ये पहिलो पोस्टरमा फाल्गुण २ गते चलचित्रको नाम र २०८१ नयाँ साललाई लक्षित गर्दै सुटिङ सुरु गर्ने घोषणा गरिएकाे छ । दोस्रो पोस्टरले सामाजिक संजाल फेसबुकमार्फत प्रदर्शन मिति तय भएको जानकारी गराएको छ । तर कुनै पनि कलाकार, निर्देशकको नाम र कथाबारे भने केही सार्वजनिक गरिएको छैन ।
‘सक्किगोनी’ नेपाली दर्शकको मन मुटु जित्न सकेको नेपाली टेलिचलचित्र हो । जसमा दर्शकहरुले जिग्री-पाँडे टिमले निर्माण गर्न लागेको पहिलो चलचित्रबाट धेरै आशा राखेका छन् । फिल्मको कुरालाई लिएर दर्शकमाझ धेरै सस्पेन्स बनिरहेको छ। । दर्शकहरुको माया र आशीर्वाद पाएका जिग्री-पाँडे टिमको पहिलो चलचित्रको सबै प्रतिक्षामा छन् ।
र, यो पनि
टेलिचलचित्र ‘सक्किगोनी’ टीमले ‘लाज शरणम्’ निर्माण गर्ने

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया