साढे ११ किलो सुन कारोबारमा फरार रहेका मिलन ९८ लाख रुपैयाँसहित समातिए

काठमाडौँ- स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले रुपन्देही सियारी गाउँपालिका- ७ का २८ वर्षीय समिर सुनार र अर्का सोही स्थानका २९ वर्षीय मिलन विकलाई सार्वजनिक गरेको हो ।
काठमाडौँ महानगरपालिका- ५ मालीगाउँबाट मिलन विकसहितका व्यक्तिहरूले हुण्डीसम्बन्धी कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।
उनीहरूको मोबाइल र सामाजिक सञ्जालको समेत अध्यनन गर्दा हुण्डी तथा अवैध सुनको समेत कारोबारी रहेको हुन सक्ने भट्टराईको भनाइ छ । उनीहरूले विगत दुई वर्षदेखि अवैध कार्यहरू गर्दै आएको खुल्न आएको उनले पत्रकार सम्मेलनमा बताए ।
उनका अनुसार प्रहरीले बा.१३ च ४८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्टबाट ९८ लाख रुपैयाँ बरामद गरेको हो । तीन थान विभिन्न कम्पनीको मोबाइलसमेत रहेको थियो ।
यसअघि मिलन विक दोलखामा साढे ११ किलो सुन कारोबारमा मुसिएको व्यक्ति रहेको खुल्न गएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए । सुनको पैठारी र संगठित अपराधमा पक्राउ पुर्जी जारी भइ फरार रहेको उनले जानकारी दिए ।
मिलन विकको सम्पत्ती शुद्धिकरणको मुद्दासमेत अनुसन्धान भइरहेको खुलेको उनले जानकारी दिए ।

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पक्राउ

प्रतिक्रिया