टी-ट्वान्टी विश्वकपमा मार्सले बलिङ गर्न सक्षम हुने प्रशिक्षक म्याकडोनाल्डको विश्वास
काठमाडौँ- आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपमा खेल्नका लागि अस्ट्रेलियन कप्तान मिचेल मार्सल पूर्ण रूपमा तयार हुने विश्वास व्यक्त गरिएको छ ।
अस्ट्रेलिया क्रिकेट टिमका मुख्य प्रशिक्षक एन्ड्रयू म्याकडोनाल्डले टी-ट्वान्टी विश्वकपमा कप्तान मार्सले बलिङ गर्न सक्षम हुने बताएका हुन् ।
मार्स मे महिनाको अन्त्यतिर मात्र बलिङ गर्न सक्षम हुने म्याकडोनाल्डले खुलासा गरेको आईएएनएसले जनाएको छ ।
इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सबाट खेलेका मार्स घाइते भएपछि अप्रिल ३ पनि कुनै पनि खेल खेलेका छैनन् । घाइते भएलगतै उनी अस्ट्रेलिया फर्किएका थिए ।
तर, उनी विश्वकपको पहिलो खेलमै बलिङ गर्न सक्षम हुने म्याकडोनाल्डले बताएका छन् ।
विश्वकपको पहिलो खेलमा अस्ट्रेलियाले जुन ५ मा ओमानको सामना गर्ने तालिका रहेको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया