टी-२० विश्वकप खेल्ने वेस्ट इन्डिजको टिम घोषणा, अटाए नेपालसँग खेलेका तीन खेलाडी

काठमाडौँ- वेस्ट इन्डिजले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि वेस्ट इन्डिजले रोभमन पावेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्वकप खेल्ने वेस्ट इन्डिजको टिममा रोभमन पावेल (कप्तान), अल्जारी जोसेप (उपकप्तान), जोन्सन चार्लेज, रोस्टन चेज, शिमरन हिटमेयर, जासन होल्डर, शाइ होप, अकील होसैन, समर जोसेप, ब्राण्डन किंग, गुडाकेश मोती, निकोलस पुरन, आन्द्रे रसेल, शेरफान रुथेरफोर्ड र रोमारियो शेफर्ड रहेका छन् ।
हाल नेपाल टूरमा आएको वेस्ट इन्डिज 'ए' टिमबाट विश्वकप खेल्ने टोलिमा जोन्सन चार्लेज, रोस्टन चेज र गुडाकेश मोती गरि तीन जना परेका छन् ।
घरेलु मैदानमा हुने यस विश्वकपमा वेस्ट इन्डिज समुह 'सी' मा रहेको छ । यस समुहमा वेस्ट इन्डिजसहित अफगानिस्तान, न्यूजिल्याण्ड, पिएनजी र युगाण्डा रहेका छन् । वेस्ट इन्डिजले विश्वकपमा पहिलो खेल पिएनजीसँग जुन २ मा खेल्ने तालिका रहेको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया