ब्याण्डविथको रकम भुक्तानी नगर्दा देशभर इन्टरनेट सेवामा समस्या

काठमाडौँ- देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करिब ४ बजेदेखि वर्ल्ड लिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो ।
उनीहरुले भारतीय कम्पनी एयरटेल, टाटा लगायतका कम्पनीलाई ब्याण्डविथ वापतको करिब ३ अर्ब रकम नतिरेपछि इन्टरनेटको ब्याण्डविथ काटिएको बताइएको छ । यसबाट नेपालका करिब ८० लाखभन्दा बढी इन्टरनेटका ग्राहक प्रभावित भएका छन् ।
इन्टरनेट सेवा प्रदायकहरूले केही दिनअघि पत्रकार सम्मेलन गरेर नै सरकारले भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरेकोले भुक्तानीमा समस्या भएको बताएको थियो ।
अर्कोतर्फ सरकारले भने इन्टरनेट सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने रियल्टीलगायतका शुल्क नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सिफारिस गर्न मानिरहेको छैन ।
उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन ।

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

नक्कली परीक्षार्थी पक्राउ

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

खोला तथा नदी तटमा नबसी सुरक्षित हुन रसुवा प्रशासनकाे अनुरोध

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

बाल गीतान्जली स्कुलमा नवआगन्तुक विद्यार्थी तथा शिक्षकलाई स्वागत

प्रतिक्रिया