बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

बाइनान्सका संस्थापकलाई सम्पत्ति शुद्धीकरणको आरोपमा ४ महिना जेल सजाय

काठमाडौँ- विश्वको अग्रणी क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका संस्थापक चाङपेङ झाओलाई सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर भएपछि ४ महिनाको जेल सजाय सुनाइएको छ ।

अवैध धनलाई वैध बनाएको आरोपमा दोषी ठहर भएपछि झाओलाई मंगलबार जेल सजाय सुनाइएको सीएनएनले जनाएको हो ।

उनीमाथि गत वर्ष मनी लन्डरिङ (अवैध धनलाई वैध बनाएको) आरोप दोषी ठहर गरिएको थियो । अमेरिकी संघीय अदालतले झाओलाई जेल सजाय सुनाएको हो ।

यता बाइनान्सले जरिवानास्वरुप ४ बिलियन अमेरिकी डलर तथा अन्य थप रकम तिर्न तयार रहेको जनाएको छ ।