क्रिकेट टिमका कप्तान मल्लसहित तीन खेलाडीमा कोभिड-१९ संक्रमण

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको नेपाल क्रिकेट संघले बताएको छ ।
कप्तान मल्लले आफूलाई संक्रमण देखिएको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पुष्टि गरेका छन् । ‘सुरक्षा सवधानीको उपाय अपनाएको थिए । लक्षण कुनै देखिएको छैन’ उनले फेसबुकमा लेखेका छन्, ‘परीक्षणको रिपोर्ट पोजेटिभ आएछ ।’ आफू अहिले होम क्वारेन्टाइनमा रहेको जानकारी दिँदै आफ्नो सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन मल्लले आग्रह गरेका छन् ।
नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणमा २२ खेलाडी बोलाएको थियो । त्यसमा १८ जनाको स्वाब लिइएकोमा ३ खेलाडीमा संक्रमण देखिएको हो ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया