सभामुखद्वारा संसद्को आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरी पारित गर्न संसदीय समितिको ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरी पारित गर्न संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार संसद् सचिवालय सिंहदरबारमा विभिन्न विषयगत समितिका सभापतिका साथै राष्ट्रिय दलका मुख्य सचेतक, सचेतकसँग सामूहिक रूपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशन अगावै विधेयकहरू पारित गर्ने गरी तयारी गर्न ध्यानाकर्षण गराएका हुन् । आगामी अधिवेशनमा आउन सक्ने विधेयक, समितिमा विधेयकको अवस्था, आगामी अधिवेशनको तयारी लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिए ।
अझै पनि धेरै विधेयकहरू समितिमा टुङ्गो लाग्न बाँकी रहेको र छिटो टुङ्ग्याउने काममा गति दिन आफूले आग्रह गरेको उनले बताए । उनले आगामी अधिवेशनको तयारी गर्नुपर्ने र अधिवेशनमा आउन सक्ने अप्ठेराहरू हल गर्न सबैले भूमिका खेल्न आग्रह गरेको जानकारी दिए ।
बैठकपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान कार्यान्वयनका निम्ति धेरै विधेयकहरू समितिमा रहेकाले यसलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने जोड दिइएको बताए । आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरू पेस हुने उनको भनाइ छ । उनले सहकारीको समस्या पूर्ण रूपमा समाधानका लागि आगामी अधिवेशनबाटै आवश्यक कानुन निर्माण हुने जिकिर गरे ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद् नहुँदा संसदीय समितिमा पनि प्रभाव परेको र विधेयकमाथि छलफल रोकिएको बताए । उनले छिट्टै विधेयक अघि बढाउन सभामुखले निर्देशन दिएको जानकारी दिए ।
त्यस्तै बैठकमा समिति सभापतिहरूले संसदीय समितिले दिएको निर्देशन पालनाका लागि सरोकारवाला सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया