२४ घण्टाभित्र समाचार हटाउन सिधा कुरालाई सर्वोच्चको आदेश

काठमाडौँ- स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन एक सञ्चार माध्यमलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।
सिधा कुरा डटकमले स्टिङ अपरेशनसम्बन्धी मुद्दा हटाउन सर्वोच्चका न्यायाधीशसमेतको मिलेमतो रहेको दाबीसहित समाचार प्रकाशन गरेको थियो ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उक्त समाचार र युट्युबमा राखेको भिडियो २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।
सर्वोच्चले अनलाइनका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना लगायतलाई ७२ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिँदै अवहेलनासम्बन्धी निवेदनलाई फौजदारी लगतमा राख्न आदेश दिएको छ ।
सर्वोच्चले यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम यो निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनः प्रसारण लगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्न/नगराउन पनि आदेश दिएको छ ।
गत शुक्रबार सिधाकुरा डटकमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रंगेहात घुससम्बन्धी मुद्दा प्रभावित पार्न प्रधानन्यायाधीश, एक न्यायाधीश र केही मिडिया सञ्चालकहरूले बैठक गरेको भनी दाबीसहितको समाचार प्रकाशित गरेको थियो । तीन भागमा समाचार प्रकाशित भएपछि सर्वोच्च अदालत प्रशासनले नै अदालतको अवहेलनामा कारबाही हुनुपर्ने भनी प्रतिवेदन तयार गरेको थियो ।

जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो

ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाको फरार प्रतिवादीहरू पक्राउ

पूर्ण छात्रवृत्ति प्रावधान पुनर्विचार गर्न नेसनल प्याब्सनको आग्रह, विद्यालय बन्द-हड्…

सिजपको अध्यक्षमा अधिकारकर्मी तिलोत्तम पौडेल

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

ठगीको आरोपमा चार जना पक्राउ

‘फोर्टी अन्डर ४०’ मा होर इ-स्पोट्र्सका सञ्जन गौतम सम्मानित

प्रतिक्रिया