आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

सुशासन समितिको बैठक बस्दै, 'फास्ट ट्रयाक' का बारेमा छलफल हुने

फाइल फाेटाे

काठमाडौं - संघीय संसदको एक समितिको बैठक बस्दैछ । 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।