आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

संसदीय समिति : सुरक्षित कारोबार विधेयकमाथि छलफल हुने

काठमाडौँ- संघीय संसदको एक समितिको बैठक बस्दै छ । 

राष्ट्रियसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।