एसीसी प्रिमियर कप : हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ- नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
समूह 'ए' अन्तर्गत सोमबार हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल एक खेलअगावै अन्तिम चारमा पुगेको हो । नेपालले यसअघिका दुवै खेल जितेको थियो ।
सोमबारको खेलमा १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि आशिफ शेखले ४० रन तथा कुशल भुर्तेलले ३२ रन जोडे । कप्तान रोहित पौडेलले २५ रन तथा सन्दीप जोराले १९ रन बनाए ।
हङकङका लागि एहसान खान र यासिम मुर्ताजाले १-१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले तय गरिएको १७ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय १४ रन बनायो ।
हङकङका लागि अन्सुमन रथले ३४ रन तथा कप्तान निजाकत खानले १२ रन बनाए । जिसन अलीले १४ रन जोडे ।
नेपालका लागि अविनाश बोहराले ३, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले १ विकेट हात पारे ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया