सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

काठमाडौँ- ओमानमा शुक्रबारबाट सुरु भएको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मलेसियाले नेपाललाई १ सय ४४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४३ रन बनायो ।

मलेसियाका लागि कप्तान विरणदिप सिंहले ७२ रन तथा शार्भिन मुनियान्डीले ४१ रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट हात पारे ।

प्रिमियर कपमा नेपाल समूह 'ए' मा रहेको छ । यस समूहमा मलेसिया, हङकङ, कतार र साउदी अरेबिया पनि रहेका छन् ।