अब सहकारी र रेमिट हप्तामा दुई दिन मात्रै खुल्ने, सर्वसाधारण घर बाहिर निस्कन पाउने (निषेध र खुला सूचीसहित)
काठमाडौँ : काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाहरूको बैठकले सर्वसाधारणहरूका लागि केही खुकुलो बनाएका छन् । आइतबार बसेको प्रमुख जिल्लाहरूको बैठकले सर्वसाधारणहरूका लागि केही खुकुलो बनाएका हुन् ।
बैठकले अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिद गर्न घरबाट बाहिर निस्कन सक्ने निर्णय गरेको छ । त्यस्तै घर बाहिर निस्कँदा कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्नु पर्ने निर्णय गरेको छ ।
त्यस्तै अब सहकारी संस्था तथा रेमिटहरू आइतबार र बिहीबार मात्र खुल्ने भएको छ ।
त्यस्तै विवाह तथा व्रतबन्धको हकमा बढीमा ७ जनासम्म सहभागी हुन पाइनेछ । विवाह आफ्नो घर वा बसेको स्थानमा गर्न पाइनेछ । विवाह तथा व्रतबन्धको हकमा एउटा सवारी साधन (बेहुला/बेहुलीसहित) प्रयवष गर्ने गरी व्यानरका आधारमा आवतजावत गर्न पाइनेछ ।
काठमाडौँ उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा थपिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा भएको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।
त्यस्तै खाद्यान्न फलफूल र पुस्तक पसल खोल्ने समय बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । दिउँसो ४ बजेदेखि हार्डवेयर र मोबाइलसमेत पसल खोल्न पाइने भएको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया