‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ - दिनेश राउत निर्देशित फिल्म ‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने यस फिल्मको नयाँ पोस्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित मुख्य दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूलाई सामेल गरिएको छ ।
पोस्टरमा फिल्मका प्रमुख कलाकारलाई आफ्नो भूमिका अनुसारको लुक्समा देखाइएको छ । आर्यन ढाका टोपीसहित देखिएका छन् भने प्रदीप लामो कपालसहित कालो टोपी र हाफ पाइन्टमा देखाइएको छ । त्यस्तै पललाई बन्दुक बोकेको र आक्रामक लुक्समा देखाइएको छ । यस पोष्टरले फिल्मको ग्रामीण परिवेश झल्काउँछ ।
विकास सुवेदीले लेखेको फिल्ममा मोहन निरौला, प्रेम सुब्बा, तारा शर्मा, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ । फिल्मको पहिलो टिजर शुक्रबार रिलिज हुने निर्देशक राउतले जानकारी दिएका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया