मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

फाइल तस्बिर

काठमाडौँ - नेपालमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन तोलामा दुई सयले घटेको हो । 

आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ६०० मा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख ३५ हजार ९५० मा कारोबार भएको छ । 

बुधबार छापावाल सुन एक लाख ३६ हजार ८०० र तेजावी सुन एक लाख ३६ हजार १५० का कारोबार भएको थियो । 

यता, चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलाको १ हजार ७०० मा कारोबार भइरहेको छ ।